
बजार परिसूचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घट्दा शुभम् पावर लिमिटेडको शेयरमा उत्कृष्ठ वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेको हो ।
नेप्से सूचक भने २८.९२ अंकले घटेको छ । सूचक १९३२ मा ओर्लिएको छ । लगानीकर्ताको खस्किँदो मनोबलले गर्दा पछिल्लो समय नेप्से निरन्तर घटिरहेको ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि लगानीकर्ता निराश छन् ।
भारतले १० वर्षमा नेपालको १० हजार मेगावाट बिजुली किन्नका लागि दीर्घकालीन सम्झौता स्वीकृत गर्दा समेत जलविद्युत क्षेत्रमा चमक देखिएको छैन ।
आज सबैभन्दा धेरै घट्ने समूह हाइड्रोपावर हो । यो उपसमूह साढे २ प्रतिशतले घटेको छ ।
लकिङ पिरियड खुला भएको भनिएको लिबर्टी इनर्जी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । शेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावटले कारोबार ह्वात्तै बढेको हो ।
लिबर्टी इनर्जीको सेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँमा झरेको छ ।
आज १ अर्ब १५ करोड रुपैयाँकव सेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।