
अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी प्रश्नोतरमा मन्त्री महतले कोरोना र बाह्य परिवेशको अवस्थापछि अहिले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको दाबी गरे ।
उनले लगानीलाई सहज गर्न मौद्रीक निति मार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने र सकारात्मक सोचको प्रारम्भ गर्न जरुरी रहेको उल्लेख गरे ।
अहिले गत बर्षको तुलनामा राजस्वमा सुधार देखिएको दावी गरे उनले ।
अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।
उनले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार युनियन गठन भएको पनि बताए ।