शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको छ ।
आज जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।
आज ४३ लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १५:५५
प्रतिक्रिया दिनुहोस्