१९ दशमलव ४२ अङ्क
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार

साताको २ दिन लगातार हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज मंगलबार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।
सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।
आज ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्