भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि असोज १ गते बन्द हुने भएका छन् ।
भोली विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने नेपाल विद्युत प्राधिकरणले सूचजा जारी गरी जानकारी दिएको हो ।
वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ ।
विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ ।
प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने चलन छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ०७:०२
प्रतिक्रिया दिनुहोस्