
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गा कारोबार बढेपनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।
सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो ।
गत आर्थिक वर्ष ३४ हजार ७२३ लिखित पारित भएकोमा यस वर्ष ३५ हजार ६८६ लिखित पारित भएका छ ।
भदौमा कुल कारोबा–सेवा १ लाख २० हजार भएका छन्।
अघिल्लो वर्ष १ लाख ८ हजार थियो ।
राष्ट्र बैंकले घरजग्गा कारोबारको जोखिम भार घटाएकाले कर्जा विस्तारमा सहज भएको छ ।
बाणिज्य बैंकले अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा कारोबार बढेको व्यवसायीहरू बताउँछन् ।
भदौमा राजस्व ३ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ ।
सेवा कर २५ करोड, रजिष्ट्रेशन दस्तुर १ अर्ब ९९ करोड र पुँजीगत लाभकर १ अर्ब ९ करोड रुपैयाँ संकलन गरेको छ ।
राजस्व संकलन काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट बढी भइरहेको छ ।
लगनखेल कार्यालयबाट ३३ करोड, भक्तपुर कार्यालयबाट २२ करोड, डिल्लीबजार कार्यलयबाट २४ करोड, चावहिल २० करोड, कलंकीबाट १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।