मुल्यवृद्धि तत्काल फिर्ता लिन निगमलाई सरकारको निर्देशन, पुरानै मुल्य कायम गर्ने निगमको तयारी

चौतर्फी आलोचना भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको छ ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
अव सरकारको निर्देशनपछि आयाल निगमले आजै पुरानै मुल्यसूचि सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १३:४१
प्रतिक्रिया दिनुहोस्