२३ करोड बिगो
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे (एनपीजी) अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर २५ करोडमा खरिद गरी गराई सरकारको सम्पत्ति गैरकानुनी रुपमा हानी नोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरीपछि मुद्दा दायर गरिएको हो ।
अख्तियारले सचिव मरासिनीविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा २३ करोड रुपैयाँ बिगो दाबी गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्