सरकारको कालोसूचीमा २० कम्पनी - नाम सहित

सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।
कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ ।
विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
नाम सहितको सूची-
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १०:१०
प्रतिक्रिया दिनुहोस्