
कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार सेयर बजारमा किनबेच ६ महिना यताकै न्यून भएको छ ।
दसैंअघि औसत् एक अर्ब हाराहारी हुने गरेको कारोबार अहिले आधामा सीमित हुन थालेको हो ।
आज नेप्से सूचकले पुनः १४.२९ अंक गुमाउँदा जम्मा ५७ करोडको सेयर कारोबार भयो। यसअघि वैशाख २८ गते ५७.८८ अर्बको कारोबार भएको थियो ।
त्यति बेला नेप्से सूचक १८३८ को विन्दुमा थियो।
मंगलबार पनि सूचक यही विन्दु आसपास आइपुगेको छ। मंगलबार बजार बन्द हुँदा नेप्से १८६४ मा सीमित छ ।
अघिल्लो पटक बटम लगाएको विन्दु नजिकिँदा कारोबारीहरु ह्वात्तै घटेको अनुमान लगाउन सकिन्छ। अघिल्लो पटक जेठ १ गते १८०७ मा बटम लगाइएको थियो ।
त्यसको महिना दिनमै सेयरबजार २२ सय पुगेको थियो। बजारले पछिल्लो तीन पटक १८ सयलाई परिक्षण ग¥यो। र तीनै पटक पुनरागमन भएर २२ सयको विन्दुलाई छोएको रेकर्ड छ।
१८ सयलाई परिक्षण गर्न आएको यो चौथो पटक हो र अघिल्लो पटक झै कारोबार रकम पनि ५० करोडमा सिमित हुन थालेको छ ।
जस लगत्तै बाउन्सब्याज भएको थियो ।