
मुलुकको अर्थतन्त्रमा पर्दै गएको चाप र यसको सुधारका लागि अवलम्बन गर्न सकिने उपायवारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज सरोकारवाला निकायसँग परामर्श गर्दै हुनुहुन्छ ।
अर्थतन्त्रको वर्तमान अवस्था र सुरधाका लागि सरकारले चाल्ने कदमका विषयमा छलफल गर्न अन्तरनिकायका प्रमुखहरुसँगको वैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिहरुलाई बोलाइएको छ ।
बैठक अपरान्ह साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
अन्तरनिकायका प्रतिनिधीहरुसँग मुलुकको अर्थतन्त्र सुधारमा सरकारको कदमवारे छलफल एवं सुझाव लिएर प्रधानमन्त्रीले निजी क्षेत्र तथा आर्थिक मामिलाका विज्ञहरुसँग समेत परामर्श गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।