टोखाबाट १० जुवाडे पक्राउ

टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई तीन लाख ७० हजार रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १४:३१
प्रतिक्रिया दिनुहोस्