झापामा महिला र पुरुषको शव फेला
सोमबार, पुस ४, २०७९

जिप दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते
सोमबार, पुस ४, २०७९
दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

तुलसीपुर टरिगाउँ विमानस्थल : अब हप्तामा पाँच दिन उडान
आइतबार, पुस ३, २०७९
पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उहाँले बतउनुभयो । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उहाँले बताउनुभयो । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको...

न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस ३, २०७९
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ ।

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत
शनिबार, पुस २, २०७९
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने :अमेरिकी राजदूत
शनिबार, पुस २, २०७९
पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुग्नुभएका राजदूत थमसनले नेपालमा सूचना, प्रविधि र अङ्ग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौँ ।”

हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती
शनिबार, पुस २, २०७९
तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज भर्न लागेको हो। उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ।

कोहलपुरमा बहुमूल्य मूर्तिसहित चोर पक्राउ
शुक्रबार, पुस १, २०७९
शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ । विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संग्लन सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा
शुक्रबार, पुस १, २०७९
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकीन...

बसको ठक्करबाट बिहानै कञ्चनपुरमा विद्यार्थीको मृत्यु
शुक्रबार, पुस १, २०७९
बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन
शुक्रबार, पुस १, २०७९
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ
बिहीबार, मंसिर २९, २०७९
‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, मंसिर २९, २०७९
बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडो भर्याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।