दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन
शुक्रबार, पुस १, २०७९
विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ
बिहीबार, मंसिर २९, २०७९
‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, मंसिर २९, २०७९
बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडो भर्याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’
मंगलबार, मंसिर २७, २०७९
राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा उहाँले आफ्नो कुवेत बसाइँको अनुभव सुनाउनुभयो । उहाँले घरेलु कामदारका रुपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको बताउनुभयो ।
जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु
मंगलबार, मंसिर २७, २०७९
मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।
राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ नक्कली कर्मचारी पक्राउ
आइतबार, मंसिर २५, २०७९
पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजङ्ग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै २५ वर्षीय डेविड धामी रहेका छन् ।
उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्वपूर्ण – प्रधानमन्त्री देउवा
शुक्रबार, मंसिर २३, २०७९
आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताउनुभएको हो ।
दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
बिहीबार, मंसिर २२, २०७९
नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । “यसै त भौगोलिकरुपमा पछि परेको ठाँउ हो हाम्रो, वडाध्यक्ष मगरले भन्नुभयो”, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”
चिसोका कारण बढ्न थाले बिरामी
बिहीबार, मंसिर २२, २०७९
जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताउनुभयो । उहाँका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
बस र ट्रक ठोक्किँदा १७ घाइते
बिहीबार, मंसिर २२, २०७९
बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।
नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
बिहीबार, मंसिर २२, २०७९
हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।
विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार
बुधबार, मंसिर २१, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । नगद लेखाप्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
छोरी जन्मिए बैंक खातामा पाँच हजार
आइतबार, मंसिर १८, २०७९
गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

