प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले डाक्यो संसदीय दलको बैठक
बुधबार, असार २०, २०८०
बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने
बुधबार, असार २०, २०८०
आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास
मंगलबार, असार १९, २०८०
विभिन्न देशमा गएर विकास निर्माण गरेका नेपालीले आफ्नो देश पनि बनाउन सक्दैनन् भन्ने प्रश्न नहुने भन्दै अध्यक्ष ओलीले बाहिर गएका बाहेकका नेपालीले नेपाल बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रिपरिषद् बैठकको निर्णय
मंगलबार, असार १९, २०८०
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो ।
शीर्षनेताहरुले संसदीय समिति सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाए : सभामुख घिमिरे
मंगलबार, असार १९, २०८०
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
संसदीय समितिको सभापति छिटो चयन गर्ने तीन दलबीच सहमति
मंगलबार, असार १९, २०८०
मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताउनुभएको हो ।
संसदीय समितिको सभापति अझै भएन चयन, सभामुखले बोलाए शिर्ष नेता
मंगलबार, असार १९, २०८०
सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन ।
कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई अघि सार्ने गठबन्धनको निर्णय
सोमबार, असार १८, २०८०
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्न कांग्रेस प्रचार विभागको निर्देशन
सोमबार, असार १८, २०८०
‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
गठबन्धनको बैठक बालुवाटारमा
सोमबार, असार १८, २०८०
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
बालुवाटार जग्गा प्रकरणमा थप दुईजना पक्राउ
सोमबार, असार १८, २०८०
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार थप दुईजना गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँः गगन थापा
सोमबार, असार १८, २०८०
सोमवार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको हो ।
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँः प्रधानमन्त्री दाहाल
सोमबार, असार १८, २०८०
उहाँले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताउनु भयो ।

