Public Pana
भूमिहीन सुकुमबासीले पाए लालपूर्जा
भूमिहीन सुकुमबासीले पाए लालपूर्जा बुधबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् । 
काठमाडौं महानगरको पत्र- एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नगर्नू
काठमाडौं महानगरको पत्र- एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नगर्नू ‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजूरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ ।
वामदेव गौतम एमालेमा फर्कन तयार
वामदेव गौतम एमालेमा फर्कन तयार पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उहाँले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको हो ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन गगन थापाको माग
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन गगन थापाको माग  बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका हुन् । 
बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छुः माधव नेपाल
बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छुः माधव नेपाल बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने बताउनु भयो ।
भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो
भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संयोग मात्रै परेकाले शंका उपशंका गरिनुको कुनै तुक नरहेको बताए । 
भारतमा म सम्मानित भएर आएँ : प्रधानमन्त्री
भारतमा म सम्मानित भएर आएँ : प्रधानमन्त्री बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताए । 
शुन्य समयमा बोल्दै सांसदहरु
शुन्य समयमा बोल्दै सांसदहरु बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएको ३७ वटा बिजुली बसहरु मध्ये ३४ वटा बस अझै सञ्चालनमा आउन नसकेको बताउनु भयो ।
मेयर बालेनको ब्रसेल्स भ्रमण सरकारद्वारा स्वीकृत
मेयर बालेनको ब्रसेल्स भ्रमण सरकारद्वारा स्वीकृत जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागि हुन बालेनको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृती दिएको हो ।
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा उहाँले खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको जानकारी दिनुभयो ।
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो ​मंगलबार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा भरतराज गौतमले जानकारी दिए । 
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ ।
Weather Update