प्रतिनिधिसभाको बैठक बस्दै
बुधबार, चैत २९, २०७९
सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
बुधबार, चैत २९, २०७९
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
सिंहदरबारको फोहोर नउठाउने मेयरको अभिव्यक्तिप्रति सरकार गम्भीर
मंगलबार, चैत २८, २०७९
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो ।
टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति
मंगलबार, चैत २८, २०७९
मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।
राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित
सोमबार, चैत २७, २०७९
सोमबार बसेको राष्ट्रिय सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।
सभामुख घिमिरेले मागे संसदीय समिति गठन गर्न सांसदको नाम
सोमबार, चैत २७, २०७९
बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् ।
मन्त्री बनाउन दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग
सोमबार, चैत २७, २०७९
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
बालेनलाई गृहमन्त्रीको जवाफ- कामको औचित्य पुष्टि हुनेगरी आए संघीय सरकारले सहयोग गर्छ
सोमबार, चैत २७, २०७९
काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरवारको फोहोर नउठाउने निर्णय गर्नुपरेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताएपछि जवाफ स्वतरुप उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए प्रादेशिक र स्थानीय सरकारलाई सहयोग गर्न सकिने बताएका हुन् ।
सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि बार्ता गर्ने
सोमबार, चैत २७, २०७९
गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि बार्ता हुन लागेको हो ।
फोहोर नउठाउने निर्णय सिंहदरबारको गैरजिम्मेवारीपनको निष्कर्ष थियो !!
सोमबार, चैत २७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्दै मेयर शाहले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन ।
बागमती प्रदेशको खानेपानीमा लामा
आइतबार, चैत २६, २०७९
लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग सपथ लिएका छन् ।
श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने लामिछानेको दावी
आइतबार, चैत २६, २०७९
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताउनुभएको हो ।
वाग्मती प्रदेशमा नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण
आइतबार, चैत २६, २०७९
कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका सांसद तीर्थ लामा पहिलो चरणमा मन्त्रिपरिषद्मा सहभागी भएका हुन्

