सभामुखमा उम्मेदवारी दर्ता गराउन संसद भवन पुगे एमालेका देवराज घिमिरे
बुधबार, माघ ४, २०७९

सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गरिँदै, एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार ?
बुधबार, माघ ४, २०७९
नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ ।

मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित
मंगलबार, माघ ३, २०७९
मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन् ।

सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको हो ।

विश्वासका मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाईसमेत बोलाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (कसलाई के जिम्मेवारी सूचीसहित)
मंगलबार, माघ ३, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन तालिका सार्वजनिक
मंगलबार, माघ ३, २०७९
संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन तालिका सार्वजनिक
मंगलबार, माघ ३, २०७९
जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्ने रहेको छ ।

तस्बिरमा शीतल निवासकाे सपथग्रहण कार्यक्रम
मंगलबार, माघ ३, २०७९
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् आज विस्तार भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्रीसहित तीनजना लिएर सरकारमा सामेल भएका छन् । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरू सपथग्रहण गर्दै राष्ट्रपति निवास शीतल निवासमा ।

सपथग्रहणपछि राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिर गए
मंगलबार, माघ ३, २०७९
राप्रपाबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्। मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन
मंगलबार, माघ ३, २०७९
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

नवनियुक्त मन्त्रीहरूले लिए शपथ
मंगलबार, माघ ३, २०७९
राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन् । त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका छन् । विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् ।

मन्त्रीपरिषद् विस्तार, कुन पार्टीबाट को को बने मन्त्री ? हेर्नुहाेस्
मंगलबार, माघ ३, २०७९
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । यस्तै, एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला...