प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि बहिरिदै एमालेका देवराज घिमिरे
बुधबार, माघ ४, २०७९
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवरी दर्ता
बुधबार, माघ ४, २०७९
उनकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
सभामुखमा उम्मेदवारी दर्ता गराउन संसद भवन पुगे एमालेका देवराज घिमिरे
बुधबार, माघ ४, २०७९
घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।
सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गरिँदै, एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार ?
बुधबार, माघ ४, २०७९
नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ ।
मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित
मंगलबार, माघ ३, २०७९
मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन् ।
सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको हो ।
विश्वासका मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाईसमेत बोलाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (कसलाई के जिम्मेवारी सूचीसहित)
मंगलबार, माघ ३, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।
प्रतिनिधिसभाको सभामुख निर्वाचन तालिका सार्वजनिक
मंगलबार, माघ ३, २०७९
संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको सभामुख निर्वाचन तालिका सार्वजनिक
मंगलबार, माघ ३, २०७९
जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्ने रहेको छ ।
तस्बिरमा शीतल निवासकाे सपथग्रहण कार्यक्रम
मंगलबार, माघ ३, २०७९
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् आज विस्तार भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्रीसहित तीनजना लिएर सरकारमा सामेल भएका छन् । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरू सपथग्रहण गर्दै राष्ट्रपति निवास शीतल निवासमा ।
सपथग्रहणपछि राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिर गए
मंगलबार, माघ ३, २०७९
राप्रपाबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्। मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन
मंगलबार, माघ ३, २०७९
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

