सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न
आइतबार, माघ ८, २०७९

कांग्रेसमा कोइराला समूहको भेला अनुपम फुडल्यान्डमा
आइतबार, माघ ८, २०७९
संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको छ ।

अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी
शनिबार, माघ ७, २०७९
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।
यसका लागि दलहरुलाई कन्र्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे ।

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
शनिबार, माघ ७, २०७९
“तिलगङ्गा अस्पताललाई विश्वविद्यालयका रुपमा विकास गर्न अत्यन्तै सकारात्मक छु”, उहाँले भन्नुभयो, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।” भेटका अवसरमा प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उच्चो राखेको बताउनुभयो ।

भक्तपुरमा मन्दिर दर्शन गर्न जाँदा बिजुक्छेलाई समेत भेटिन राष्ट्रपतिले
शनिबार, माघ ७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।
उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभयो।

प्रतिनिधि सभामुखमा इन्दिरा रानामगर (तस्बिरहरु)
शनिबार, माघ ७, २०७९
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उपसभामुखमा रानामगर निर्वाचित भएको घोषणा गरेका छन् । रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत प्राप्त भएको थियो। एक सांसद तटस्थ बसेको बैठकमा १६४ जना सहभागी थिए ।

उपसभामुखमा इन्दिरा रानामगर विजयी
शनिबार, माघ ७, २०७९
प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ ।

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
शनिबार, माघ ७, २०७९
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो ।-

अस्पातल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई
शुक्रबार, माघ ६, २०७९
सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् ।

कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने
शुक्रबार, माघ ६, २०७९
शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखमा देवराज घिमिरे निर्वाचित
बिहीबार, माघ ५, २०७९
सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)
बिहीबार, माघ ५, २०७९
संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी । सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ
बिहीबार, माघ ५, २०७९
डा. गुरुङले पर्यटन अर्थशास्त्रमा पिएचडी गरेका हुन् । संघीयता कार्यान्वयनपश्चात दुई पटक निर्वाचन भएकाे र यसरी निर्वाचित हुनेमध्ये विद्यावारिधी उपाधी अर्थात पिएचडी गर्ने गुरुङ पहिलो हुन् । अघिल्लो कार्यकालमा पनि गण्डकी प्रदेशका सांसदहरूको उच्चतम शैक्षिक योग्यता स्नातकाेत्तर मात्रै थियो ।