Public Pana
प्रतिनिधिसभा सदस्यले लिए शपथ
प्रतिनिधिसभा सदस्यले लिए शपथ नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने
माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् । 
निर्वाचित सांसदको शपथ ग्रहण आज
निर्वाचित सांसदको शपथ ग्रहण आज नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।
झलनाथ खनाल र प्रभु साहबीच भेटघाट
झलनाथ खनाल र प्रभु साहबीच भेटघाट खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।
शेरबहादुर देउवालाई बधाई दिन जनार्दन शर्मा बालुवाटार पुगे
शेरबहादुर देउवालाई बधाई दिन जनार्दन शर्मा बालुवाटार पुगे बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । 
शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल
शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए ।
निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई अमेरिकी राजदूतको बधाई
निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई अमेरिकी राजदूतको बधाई धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा बुधबार दिउँसो पुगेका राजदूत थम्पसनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
शपथलगत्तै ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक
शपथलगत्तै ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।
सत्तारुढ गठबन्धनको बैठक बस्दै
सत्तारुढ गठबन्धनको बैठक बस्दै कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन । 
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित  बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 
विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल
विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।  
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी सुरु भएको हो ।
Weather Update