एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर
मंगलबार, मंसिर १३, २०७९
नयाँ सरकार गठनवारे सत्तारुढ दलका प्रमुखहरुबीच छलफल
सोमबार, मंसिर १२, २०७९
बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्।
रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु
सोमबार, मंसिर ५, २०७९
निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।
सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।
आज राति १२ बजेदेखि मौन अवधि सुरु
बिहीबार, मंसिर १, २०७९
निर्वाचन आयोगले ४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ ।
सत्तारुढ गठबन्धनले आज कोटेश्वरमा बृहत चुनावी सभा गर्दै
बिहीबार, मंसिर १, २०७९
गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो।
काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा
आइतबार, कात्तिक २७, २०७९
नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन्– ओली
शुक्रबार, कात्तिक २५, २०७९
ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनुभयो । उहाँले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताउनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
शुक्रबार, कात्तिक २५, २०७९
प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ ।
इलाम २ मा पुर्वसभामुख नेम्वाङलाईलाई बिरासत जोगाउन चुनौती, कंग्रेसका खड्काको डर
बिहीबार, कात्तिक २४, २०७९
नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी हुनुहुन्छ । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आउनुभएको समाजसेवीका रुपमा परिचित हुनुहुन्छ ।
निर्वाचनमा दलहरुको एजेण्डा, झुटको पुलिन्दा
बिहीबार, कात्तिक २४, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् ।
कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड
मंगलबार, कात्तिक २२, २०७९
जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताउनुभयो ।
संसदीय निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता ?
मंगलबार, कात्तिक २२, २०७९
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको हुनसक्छ ।
प्रधानमन्त्री देउवा धनगढीमा : कार्यकर्ता भेटघाटमा व्यस्त
मंगलबार, कात्तिक २२, २०७९
आइतवारदेखि धनगढीमा रहनु भएका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ ।

