लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो– प्रधानमन्त्री देउवा
शुक्रबार, कात्तिक १८, २०७९
सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : डा कोइराला
बिहीबार, कात्तिक १७, २०७९
नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गर्नुभयो । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उहाँले धारणा राख्नुभयो ।
दल र उम्मेदवारको खर्चको अनुगमन आजदेखी शुरु
बिहीबार, कात्तिक १७, २०७९
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो
सरकारी खर्चमा गृहजिल्ला जाने प्रधानमन्त्री देउवाको तयारीमा आयोगको रोक
बुधबार, कात्तिक १६, २०७९
प्रधानमन्त्री देउवाले आफ्नो गृहमजिल्ला डडेल्धुरामा चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम रहेका थाह पाएपछि आयोगले उनलाई यात्रा अनुमति नदिएको हो ।
प्रचण्ड’सँग अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनको भेटवार्ता
मंगलबार, कात्तिक १५, २०७९
भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताउनुभयो ।
डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक
मंगलबार, कात्तिक १५, २०७९
नेकपा एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।
कञ्चनपुर क्षेत्र नं २ मा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा
मंगलबार, कात्तिक १५, २०७९
लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहनु भएका साउद र एमालेबाट उम्मेदवार रहनुभएका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणालीमा सुधार जरुरी
सोमबार, कात्तिक १४, २०७९
राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका आधारका रूपमा रहेको उल्लेख गर्दै समाजवादीले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि पहल गर्ने भएको छ ।
राप्रपा घोषणापत्र : आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा रुपान्तरणका लागि स्वर्णिम अवसर
सोमबार, कात्तिक १४, २०७९
पुँजी निर्माण, दीगो विकास, निःशुल्क स्वास्थ्य र शिक्षा तथा सामाजिक न्याय र समतामूलक समृद्धिमा जोड दिँदै उक्त पार्टीले विसं २०८७ सम्ममा नेपाललाई मध्यमआयस्तर भएको मुलुकमा रुपन्तरण गर्ने अठोट गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणपत्र ः पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था
सोमबार, कात्तिक १४, २०७९
राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटिइएको छ ।
नेकपा एकीकृत समाजवादीको घोषणापत्रको प्राथमिकता स्वास्थ्य शिक्षा र आहार
सोमबार, कात्तिक १४, २०७९
पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
माओवादी केन्दको चुनावी घोषणपत्रः प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
सोमबार, कात्तिक १४, २०७९
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
लैङ्गिक हिंसा र विभेदविरूद्ध शून्य सहनशीलता :निर्वाचन आयोग
शुक्रबार, कात्तिक ११, २०७९
लैङ्गिक समानतामूलक तथा समावेशी निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्यसहित आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ जारी गरेको छ ।

