एमाले केन्द्रीय कमिटी बैठक आजदेखि ,सरकारविरुद्ध आन्दाेनकाे कार्यक्रम तय गर्दै
मंगलबार, फागुन ८, २०८०

दोलखा केन्द्रबिन्दु भएर भूकम्प
मंगलबार, फागुन ८, २०८०
दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।

काग्रेस विवाद : महामन्त्री थापाकाे प्रस्तावमा सभापति देउवा सहमत , एक्लै चुनाव लड्ने संकल्प प्रस्ताव पेश हुने
मंगलबार, फागुन ८, २०८०
नेपाली कांग्रेसले महासमिति बैठकमा भविश्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ ।

पार्टीकाे बैठक चलिरहँदा देउवा र पूर्णबहादुर किन पुगे बालुवाटार ?
सोमबार, फागुन ७, २०८०
भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।

सरकारलाई घुँडा टेकाउन यस्ताे आन्दाेलनकाे कार्यक्रम ल्याउँदै एमाले
सोमबार, फागुन ७, २०८०
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ ।

कांग्रेस महासमिति बैठक : चार प्रतिवेदन तयार, महामन्त्री थापाकोमा सहमति खोजिँदै
सोमबार, फागुन ७, २०८०
नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक औपचारिक रुपमा सोमबार उद्घाटन गरे।

कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ
सोमबार, फागुन ७, २०८०
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्यो अनुसन्धान
सोमबार, फागुन ७, २०८०
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेर जीबी-रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि बढाएको छ।

टी–२० विश्वकप तयारीका लागि नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने
सोमबार, फागुन ७, २०८०
नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप तयारीका लागि तयारीस्वरूप भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको छ।

निर्वाचन आयोग पुगे रेशम चाैधरी, के गर्ला आयाेगले ?
सोमबार, फागुन ७, २०८०
आयोगमा रेशम चौधरीविरुद्ध दुई वटा उजुरी पनि परेको छ । उजुरीमा ‘हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएको व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी बन्न नपाउने’ जिकिर गरिएको छ ।

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला
सोमबार, फागुन ७, २०८०
प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी
सोमबार, फागुन ७, २०८०
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो ।

डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन
सोमबार, फागुन ७, २०८०
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।