Public Pana
रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोली सुनुवाई हुने
रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोली सुनुवाई हुने महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो । 
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुगेका हुन् ।
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
२८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । उक्त ट्रेजरी मंगलबार जारी हुनेछ भने आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ । 
ऋषि बने नयाँ इण्डियन आइडल
ऋषि बने नयाँ इण्डियन आइडल उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए ।
चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने
चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।
ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु
ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्दा जुलुस गर्न देखी मन्त्रीलाई जानसमेत निषेध
उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्दा जुलुस गर्न देखी मन्त्रीलाई जानसमेत निषेध चितवन–२, तनहु–१ र बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवार मनोयनमा मन्त्रीहरु जानसमेत निषेध गरिएको छ । 
बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुदैँ
बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुदैँ निर्वाचन आयोगका अनुसार चितवन–२, तनहु–१ र बारा–२ मा बैशाख १० मा हुन गईरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गईरहेको हो ।   
सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने
सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।   
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।  
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो । राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे ।
Weather Update