
नेपालमा पहिलो पटक "वर्कसप अन रिपोट सेन्सिङ्ग अन क्लाइमेट साइन्सेस आरएस सिएस २0२३" बिषयक दुई दिने सम्मेलन आयोजना हुने भएको छ ।
त्रिभुवन विश्वविधालयले विश्वविधालय अनुदान आयोग, भौतिक विज्ञान समाज र सेन्ट जेभियर्स कलेजको सहकार्यमा यही चैत्र २५ र २६ गते राष्टिय सम्मेलन हुन लागेको हो ।
जलवायू परिवर्तनका कारण् मानव अस्तित्वका साथै सम्पुर्ण जिवित प्राणी र प्राकृतिक स्रोत माथि संकट परिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको असर तथा जोखिमलाई न्युनिकरण गर्न सकिने उपायवारे बिज्ञ तथा अन्तरष्टिय भौतिकशास्त्रीबीच छलफल गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा सय जना भन्दा बढी विभिन्न क्षेत्रका बिज्ञ तथा भौतिक शास्त्रीहरुको उपस्थिति रहने बताइएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।