Public Pana
बैज्ञानिक महानविर पुनको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताएका छन् । 

प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको जानकारी दिए। 

महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन बालुवाटार आउनुभएको थियो। राम्रो कुराकानी भयो, प्रधानमन्त्री  प्रचण्डले भने केही माग गर्नुभएको छ। सरकारसँग कुरा भएपछि उहाँ आन्दोलनमा बस्नुभएको हो। सरकार उहाँका माग सम्बोधन गर्न तयार छ। म यसको पहल गर्छु।’’

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update