
रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।
यो वृद्धिले नेपालसँग अब १ वर्ष भन्दा बढिको वस्तु खरिद गर्न सक्ने बैदेशिक मुद्रा थुप्रिएको छ ।
आर्थिक वर्ष २०८०-८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको हो ।