राज्य व्यवस्था समिति
स्वामित्व हस्तान्तरण नगर्ने नियत एनसेल बिक्रिमा रहेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद बिक्रीमा जालझेल भएको देखिएको बताए । उनले अगाडि भने, कर छल्ने पनि छ, स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ ।’
पारदर्शी र स्वभाविक नभएकै करण आफूले विदेशबाट आउँदा आउँदै छानबिन गर्न निर्देशन दिएको उनले बताए ।
सरकारले एनसेलको बिक्री छानबिन गर्न पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० १४:२०
प्रतिक्रिया दिनुहोस्


