एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
मंगलबार, माघ १०, २०७९

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट
मंगलबार, माघ १०, २०७९
भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा
मंगलबार, माघ १०, २०७९
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराउनुभएको हो ।

नवनियुक्त योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ
सोमबार, माघ ९, २०७९
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती
सोमबार, माघ ९, २०७९
निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर
सोमबार, माघ ९, २०७९
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
सोमबार, माघ ९, २०७९
काठमाडौंमा सोमबार र मंगलबार दुई दिन चल्न बस्न लागेको बैठकमा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री
सोमबार, माघ ९, २०७९
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ।...

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
सोमबार, माघ ९, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।
सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित हुनुभएको थियो ।

स्पेनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै वृहत प्रदर्शन
आइतबार, माघ ८, २०७९
प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए। कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । ¥यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।

एमाले लमजुङमा अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट
आइतबार, माघ ८, २०७९
एमालेको छैटाैँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड र कार्य विभाजन गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकार : माग पूरा नभए विश्वासको मत नदिने उन्मुक्तिको अडान
आइतबार, माघ ८, २०७९
टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको हो ।

लमजुङमा कांग्रेसको संगठन विस्तार
आइतबार, माघ ८, २०७९
जिम्मेवारी पाएका नेतालाई कांग्रेस जिल्ला कार्यसमितिले यही माघ १४ गतेभित्रमा प्रतिवेदन तयार पारेर जिल्ला कार्य समितिमा पेस गर्न निर्देशन गरेको छ । उक्त प्रतिवेदनलाई जिल्ला कार्यसमितिको बैठकमा राखेर छलफल गरेर आवश्यक निर्णय गरेर अघि बढ्ने कांग्रेसले जनाएको छ ।