प्रधानमन्त्री ‘प्रचण्ड’ र मधेश सरकारका प्रतिनिधिहरूबिच आज भेटघाट
आइतबार, मंसिर २४, २०८०
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
आइतबार, मंसिर २४, २०८०
भोली सोमबार दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ ।
बूढीगण्डकी परियोजना सफल एमाले अध्यक्ष ओलीको दाबी
शनिबार, मंसिर २३, २०८०
अध्यक्ष ओलीले पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वास्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए।
एकीकृत समाजवादीको उम्मेदवार छनोट गर्न मङ्सिर २८ र २९ गते सचिवालय बैठक
शनिबार, मंसिर २३, २०८०
बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ ।
भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित
शनिबार, मंसिर २३, २०८०
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
हमास नियन्त्रणबाट विपिन जोशी छुटाउन पहलका लागि परराष्ट्रमन्त्री साउद कतार लागे
शनिबार, मंसिर २३, २०८०
परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।
कम्युनिष्टसँग लाग्दा कांग्रेस सकिन थालेको डा.शेखरको टिप्पणी
शुक्रबार, मंसिर २२, २०८०
नेता कोइरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थालेको बताए।
सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी
बिहीबार, मंसिर २१, २०८०
अध्ययन समितिले सिफारिश भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मंसीर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
पृथ्वी जयन्ती उत्सवको रुपमा मनाउने राप्रपाको निर्णय
बिहीबार, मंसिर २१, २०८०
आज बिहीबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्र र अन्य तहमा पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकार गैरजिम्मेवारी भैसकेको एमाले अध्यक्ष ओलीको दाबी
बिहीबार, मंसिर २१, २०८०
अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।
उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ भएकाले तत्कालै रोकिन सक्ने चिरिबाबुको चिन्ता
बिहीबार, मंसिर २१, २०८०
यो विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको र उनी सकारात्मक रहेको महर्जनले बताए ।
सुनुवाइ समितिद्धारा परराष्ट्रमन्त्रीसँग पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग
बिहीबार, मंसिर २१, २०८०
यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी वरिष्ठ अधिकारी लाउबाचरबीच भेट
बिहीबार, मंसिर २१, २०८०
दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट हिजो बुधबार काठमाडौँ आइपुगेकी थिइन्।

