Public Pana
जिपले ठक्कर स्कुटरलाई दिँदा शिक्षिकाको मृत्यु
जिपले ठक्कर स्कुटरलाई दिँदा शिक्षिकाको मृत्यु दंगिशरण गाउँपालिका–५ कमलगढीमा बिहीबार बिहान विद्यालय जाने क्रममा स्कुटरलाई दिँदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको हो । 
रबि बाहेकका पदाधिकारी र चिनियाँ दुतावासको टोलीबीच भेटवार्ता
रबि बाहेकका पदाधिकारी र चिनियाँ दुतावासको टोलीबीच भेटवार्ता बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो ।
लागुऔषधसहित ५ जना पक्राउ
लागुऔषधसहित ५ जना पक्राउ काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 
भुटानी शरणार्थी प्रकरण : युवा संघले गृहमन्त्रीलाई बुझायो ८ बँदे ज्ञापनपत्र
भुटानी शरणार्थी प्रकरण : युवा संघले गृहमन्त्रीलाई बुझायो ८ बँदे ज्ञापनपत्र मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दाेष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो । 
नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान
नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो । १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ । 
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ
शहिद स्मारक लिग फुटवलमा आज दुई खेल हुदैँ अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
१ हजार रुपैयाँले घट्याे सुनको भाउ
१ हजार रुपैयाँले घट्याे सुनको भाउ बिहीबार  सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 
नेप्से आज बिहीबार बन्द हुने
नेप्से आज बिहीबार बन्द हुने आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो ।
बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा
बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा  भएको लडाईमा २० हजार सैनिक मारिएका हुन । वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो...
Weather Update