माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन
आइतबार, पुस १७, २०७९
मिसाइल प्रहारसँगै उत्तर कोरियाले स्वागत गर्यो नयाँ वर्ष
आइतबार, पुस १७, २०७९
नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
आइतबार, पुस १७, २०७९
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आर्सनललाई सात अंकको अग्रता
आइतबार, पुस १७, २०७९
जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो ।
‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’
आइतबार, पुस १७, २०७९
न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ ।
लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज, जनमतका सांसदले मातृ भाषामा शपथ लिने
आइतबार, पुस १७, २०७९
प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।
आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
आइतबार, पुस १७, २०७९
उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ ।
सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ
शुक्रबार, पुस १५, २०७९
त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो ।
साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको तयारी पूरा
शुक्रबार, पुस १५, २०७९
शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण
शुक्रबार, पुस १५, २०७९
सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, पुस १५, २०७९
बेंसीशहरबाट मस्र्याङदी गाउँपालिका ८ भुस्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतरि मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा दुर्घटना हुँदा भुस्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो
बक्सअफिसमा सलमान र ऐश्वर्याको टक्कर
शुक्रबार, पुस १५, २०७९
सलमानको फिल्म अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको फिल्मको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको फिल्मले त्यसमा ब्रेक लगाउँदैछ ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको वान टू वान वार्ता
शुक्रबार, पुस १५, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भइरहेको छ ।


