प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने
बुधबार, पुस १३, २०७९
रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए
मंगलबार, पुस १२, २०७९
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । 'हामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्याैँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं,' उनले भने ।
सेयर बजार ५९.८७ अंकले वृद्धि
मंगलबार, पुस १२, २०७९
सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।
साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
मंगलबार, पुस १२, २०७९
आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप
मंगलबार, पुस १२, २०७९
एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।
नियमविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन
मंगलबार, पुस १२, २०७९
रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबार गृहमन्त्रालयको सो निर्देशन आएको हो । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
चीन जाने विदेशी यात्रुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने
मंगलबार, पुस १२, २०७९
पछिल्लो प्रावधानले व्यवसाय र अध्ययनदेखि पारिवारिक पुनर्मिलनसम्म सबै कुराको लागि चीन भ्रमण गर्ने विदेशीहरूको लागि भिसा आवेदनहरू सहज बनाउने सरकारले विश्वास गरेको छ ।
बोर्डले संशोधन गर्यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने
मंगलबार, पुस १२, २०७९
बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।
जनहितकाे पक्षमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन
मंगलबार, पुस १२, २०७९
मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।
विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्र
मंगलबार, पुस १२, २०७९
सन् २००७ को २७ डिसेम्बरमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो । निर्वाचनबारे रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो ।
यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना
मंगलबार, पुस १२, २०७९
कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ ।
न्युक्यासल दोस्रो स्थानमा उक्लियो
मंगलबार, पुस १२, २०७९
जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।
कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने
मंगलबार, पुस १२, २०७९
देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ ।


