सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज
शुक्रबार, पुस १५, २०७९
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, पुस १५, २०७९
दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी
शुक्रबार, पुस १५, २०७९
राष्ट्रपति भण्डारीले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएकी छन् ।
आज तमु ल्होसार, सार्वजनिक बिदा पनि
शुक्रबार, पुस १५, २०७९
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
दुर्गमका विद्यालयका बेथिति : ११ बजे पहिलो घण्टी
बिहीबार, पुस १४, २०७९
तर, मुगुको सोरु गाउँपालिका–८ कच्चेस्थित रारा माध्यामिक विद्यालयमा भने यो नियम लागु हुँदैन । यहाँ माथि उल्लेखित प्रार्थना, राष्ट्रिय गान गाउने र अभ्यास जस्ता कुनै गतिविधि हुँदैन । किनकी विद्यार्थीहरू विद्यालय आइपुग्दै साढे १० बज्ने गर्छ । अझ शिक्षकहरू त झन साढे ११ बजेमात्रै आइपुग्छन् । पहिलो घण्टी लागेको आधा...
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’
बिहीबार, पुस १४, २०७९
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ ।
सेयर बजार २०२९ विन्दुमा उक्लियोे
बिहीबार, पुस १४, २०७९
बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
गण्डकीका सांसदले लिए शपथ
बिहीबार, पुस १४, २०७९
५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका हुन् । कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएकी हुन् ।
सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद
बिहीबार, पुस १४, २०७९
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।
स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई गृहको निर्देशन
बिहीबार, पुस १४, २०७९
शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामाबाहेक विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै गृहमन्त्रालयले सुरक्षाकर्मी र पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिन निर्देशन दिएको हो ।
सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन
बिहीबार, पुस १४, २०७९
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सत्तारुढ दलका एक एक जना प्रतिनिधि रहनेछन् ।
सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा
बिहीबार, पुस १४, २०७९
काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।
गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना, युवतीको मृत्यु
बुधबार, पुस १३, २०७९
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका - १ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


