Public Pana
यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार  युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको  खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।
बसको ठक्करबाट बिहानै कञ्चनपुरमा विद्यार्थीको मृत्यु
बसको ठक्करबाट बिहानै कञ्चनपुरमा विद्यार्थीको मृत्यु बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरबाट दार्चुला  गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन गत वर्ष जिल्लाभर रु २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।
आजदेखी धेरै धुवा फाल्ने गाडीलाई एक लाख जरिवाना, सवारी प्रदुषण जाँचमा तिव्रता
आजदेखी धेरै धुवा फाल्ने गाडीलाई एक लाख जरिवाना, सवारी प्रदुषण जाँचमा तिव्रता विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियोे । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच...
पदाधिकारी र कर्मचारीको भत्तामै नौ अर्ब खर्च
पदाधिकारी र कर्मचारीको भत्तामै नौ अर्ब खर्च सबैभन्दा धेरै खर्च महँगी भत्तामा भएको छ । यो शीर्षकमा पाँच अर्ब ५९ करोड ५२ लाख ६१ हजार खर्च भएको छ । सरकारले महँगी भत्ताबापत कर्मचारीलाई मासिक दुई हजार दिन्छ । आव ०७८/७९ मा सरकारले सबै कर्मचारीको तलब मासिक दुई हजारका दरले बढाएको थियो । चालू आवमा पनि सबै कर्मचारीको...
स्थायी राजधानीमा मन्त्रिपरिषद् बैठकः लुम्बिनी प्रदेशका कर्मचारीलाई आवाशभत्ता दिने निर्णय
स्थायी राजधानीमा मन्त्रिपरिषद् बैठकः लुम्बिनी प्रदेशका कर्मचारीलाई आवाशभत्ता दिने निर्णय मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए ।
अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित
अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित राष्ट्रपति जो बाइडेनलाई  स्वीकृतिको लागि पठाउनुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले विद्येयकलाई  अनुमोदन गर्न आवश्यक छ। यो वर्तमान कंग्रेस अधिवेशन समाप्त हुनु अघि हुन आवश्यक छ, जुन अर्को हप्ता अपेक्षित छ।
पाँच महिनादेखि अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु
पाँच महिनादेखि अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ ।
सेयर बजार १४.४८ अंकले घट्यो
सेयर बजार १४.४८ अंकले घट्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ । यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार...
बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरी घुमेर, पोखरामा
बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरी घुमेर, पोखरामा परिवारसहित चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका छन् । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएका उनी काठमाडौं फर्किएका छन् ।
विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ
विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
‘प्रसाद २’ को छायाङ्कन सुरु
‘प्रसाद २’ को छायाङ्कन सुरु डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भन्नुभयो । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिनुभयो । उहाँ दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा हुनुहुन्छ । 
Weather Update