स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु
बिहीबार, कात्तिक १७, २०७९
नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ
बिहीबार, कात्तिक १७, २०७९
पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ ।
दल र उम्मेदवारको खर्चको अनुगमन आजदेखी शुरु
बिहीबार, कात्तिक १७, २०७९
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो
कुवेत एयरले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने
बुधबार, कात्तिक १६, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरका अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।
सन्दीपलाई थुनामा राख्ने वा छोड्नेवारे आजै निर्णय हुने
बुधबार, कात्तिक १६, २०७९
लामिछानेलाई थुनामा पठाउने वा तारिखमा मुद्धाको पुर्पक्ष गर्ने भन्नेवारे आजै अदालतले आदेश दिनेछ । तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले यस्तो आदेश दिने गरेको छ ।
सरकारी खर्चमा गृहजिल्ला जाने प्रधानमन्त्री देउवाको तयारीमा आयोगको रोक
बुधबार, कात्तिक १६, २०७९
प्रधानमन्त्री देउवाले आफ्नो गृहमजिल्ला डडेल्धुरामा चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम रहेका थाह पाएपछि आयोगले उनलाई यात्रा अनुमति नदिएको हो ।
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख
मंगलबार, कात्तिक १५, २०७९
मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन् । अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ ।
प्रचण्ड’सँग अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनको भेटवार्ता
मंगलबार, कात्तिक १५, २०७९
भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताउनुभयो ।
आगामी निर्वाचनका लागि भारतद्वारा २०० थान सवारीसाधन सहयोग
मंगलबार, कात्तिक १५, २०७९
भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदैआएकामा हालसम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।
डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक
मंगलबार, कात्तिक १५, २०७९
नेकपा एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।
कञ्चनपुर क्षेत्र नं २ मा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा
मंगलबार, कात्तिक १५, २०७९
लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहनु भएका साउद र एमालेबाट उम्मेदवार रहनुभएका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो
मंगलबार, कात्तिक १५, २०७९
विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ ।
बनभोजबाट फर्किदा नारायणी नदीमा डुङ्गा दुर्घटनामा परि तीन जनाको मृत्यु
मंगलबार, कात्तिक १५, २०७९
वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।


