मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख
बिहीबार, साउन २५, २०८०
आज सामुदायिक वन दिवस : प्रधानमन्त्रीद्धारा शुभकामना
बिहीबार, साउन २५, २०८०
देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन्, जसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ ।
अमेरिकाको जीएआरसी अवार्ड, नेपालीलाई
बिहीबार, साउन २५, २०८०
नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन् ।
४ प्रदेश लगायत अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, साउन २५, २०८०
नेपालमा अहिले मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
फोनबाट केटी जिस्काएको निहुँमा युवकको हत्या, दुईजना पक्राउ
बुधबार, साउन २४, २०८०
उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ
बुधबार, साउन २४, २०८०
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग पुनः अवरुद्व, दुईतर्फी सवारी आवागमन बन्द
बुधबार, साउन २४, २०८०
आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला
बुधबार, साउन २४, २०८०
अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन
बुधबार, साउन २४, २०८०
घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
रबिको पार्टीले ट्राफिक सहजीकरणमा स्वयंमसेवक परिचालन गरेपछि चितवन प्रशासनको आपत्ति
बुधबार, साउन २४, २०८०
जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी नाम दिइएको एउटा समूह परिचालन भएको थियो ।
सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पर्वतका युवाविरुद्ध पक्राउ पुर्जी
बुधबार, साउन २४, २०८०
पर्वतका पत्रकारहरुले फेसबुक स्ट्याटस मार्फत असभ्य तरिकाले आरोप लगाएका थिए ।
विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी, उपचार जारी
बुधबार, साउन २४, २०८०
बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन् ।
आज राष्ट्रिय भू–संरक्षण दिवस
बुधबार, साउन २४, २०८०
बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

