Public Pana
गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा
गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ । 
बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ
बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
टोखाबाट १० जुवाडे पक्राउ
टोखाबाट १० जुवाडे पक्राउ जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई तीन लाख ७० हजार रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो ।
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, क्षेत्र नं. २ का सांसद गोकर्ण विष्ट, रामकुमारी झांक्री लगायतका यात्रु थिए ।
निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)
निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर) निर्मल कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन । सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् । बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेकाे आराेप छ ।  तस्बिर : न्युज...
तराईको मौसममा अझै सुधार भएन
तराईको मौसममा अझै सुधार भएन मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।
पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट
पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए । 
बालिका बलात्कार आराेपमा युवक पक्राउ
बालिका बलात्कार आराेपमा युवक पक्राउ यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय
चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेकाे छैन । 
भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड
भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ ।
स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते
स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।
न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु
न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Weather Update