गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल
आइतबार, पुस २४, २०७९

निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)
आइतबार, पुस २४, २०७९
निर्मल कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन । सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् । बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेकाे आराेप छ ।
तस्बिर : न्युज...

तराईको मौसममा अझै सुधार भएन
आइतबार, पुस २४, २०७९
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट
शनिबार, पुस २३, २०७९
सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए ।

बालिका बलात्कार आराेपमा युवक पक्राउ
शुक्रबार, पुस २२, २०७९
यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय
बिहीबार, पुस २१, २०७९
भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेकाे छैन ।

भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड
बिहीबार, पुस २१, २०७९
भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ ।

स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते
बिहीबार, पुस २१, २०७९
पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु
बिहीबार, पुस २१, २०७९
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सात पटक म्याद थप, अझै बनेन सडक, ठेकेदार बेपत्ता
बुधबार, पुस २०, २०७९
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि.एच./एस.एम.एन.एस. जेभीले जिम्मा लिएको थियो । ०७४ सालमा निर्माण सुरू गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन इकाई रुकुमपश्चिमका व्यवस्थापक टंकप्रसाद खनालले जानकारी दिए ।

बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ
मंगलबार, पुस १९, २०७९
प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

सुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण
मंगलबार, पुस १९, २०७९
ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ ।

पाँच वर्ष बित्दा पनि देवी विकको हत्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका
सोमबार, पुस १८, २०७९
सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान बिक, श्रीमान मानबहादुर बिक, छोरा योगेश विक र छोरी सुजता विकले चाँडोभन्दा चाँडो देवीको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । प्रहरीको अनुसन्धानबाट हालसम्म दोषी पत्ता नलागेकाले स्थानीय सरकारलाई गुहार्नु परेको श्रीमान...