राजधानी काठमाडौँमा चिसो बढ्यो !
आइतबार, असोज २३, २०७९
बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा
आइतबार, असोज २३, २०७९
स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् ।
यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ ।
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
आइतबार, असोज २३, २०७९
सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उहाँको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिनुभयो ।
गोरखामा एकै परिवारका तीन जना मृत फेला
शनिबार, असोज २२, २०७९
भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो
बिहीबार, असोज २०, २०७९
बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, असोज २०, २०७९
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो ।
जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बुधबार, असोज १९, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो
इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बुधबार, असोज १९, २०७९
करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घट्नास्थलमै मृत्यु भएको हो ।
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले दशै टिका लगाएनन
बुधबार, असोज १९, २०७९
भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
गुरूहरूको हातबाट टीका ग्रहण गरि राष्ट्रपति भण्डारीले लगाइदिइन सर्वसाधरणलाई टिका
बुधबार, असोज १९, २०७९
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिनुभएको हो ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण बिहानैदेखी देशका विभिन्न भागमा भारी बर्षा
बुधबार, असोज १९, २०७९
हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली...
किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता
मंगलबार, असोज १८, २०७९
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।
हजुरबुवाको स्मृतिमा दाङका व्यापारी पाण्डेले बनाए १६ लाख खर्चेर उद्यन पार्क
मंगलबार, असोज १८, २०७९
स्वर्गीय हजुरबुवा टंकेश्वर पाण्डेको स्मृति तथा बुवा शिव प्रसाद पाण्डे र आमा जानका पाण्डेको सम्मानमामा पार्कको निर्माण गरेको पाण्डेले बताए ।
उनले बुवाको नामबाट पार्कको नाम शिव पार्क नामाकरण गराएका छन् । रियल स्टेट व्यापारमा लागेर दाङको उदयीमान व्यापारीका रुपमा चर्चित पाण्डेले समाजिक सेवामा आफ्नो पनि योगदान होस भन्ने हेतुले...

