Public Pana
निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)
निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर) निर्मल कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन । सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् । बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेकाे आराेप छ ।  तस्बिर : न्युज...
सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री
सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री उनले सरकारका सचिवहरूसँगको छलफलमा पनि सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताएका थिए । उनले भने, ‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ ।’
एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह
एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।
माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्रीले माग विश्वासको मत
माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्रीले माग विश्वासको मत प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । 
सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो
सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३००  रुपैयाँमा कारोबार भएको थियो । 
प्रि-ओपन सेसनमा नेप्से ५ अंकले उकालो
प्रि-ओपन सेसनमा नेप्से ५ अंकले उकालो ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ । 
आजको तरकारी तथा फलफूल मूल्यकाे मूल्य
आजको तरकारी तथा फलफूल मूल्यकाे मूल्य कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ३० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।
तराईको मौसममा अझै सुधार भएन
तराईको मौसममा अझै सुधार भएन मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।
रविको नागरिकता सम्बन्धी मुद्दामा के छ सर्वोच्चको आदेश ?
रविको नागरिकता सम्बन्धी मुद्दामा के छ सर्वोच्चको आदेश ? कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु
रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु     स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो । 
पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट
पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए । 
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । 
Weather Update