पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै
बुधबार, कात्तिक २, २०७९
ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु
बुधबार, कात्तिक २, २०७९
५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
बादरले दुखः दिएपछि किसान लागे कागती खेतीतिर
बुधबार, कात्तिक २, २०७९
किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।
१८५ पदकसहित आर्मी शीर्ष स्थानमा
बुधबार, कात्तिक २, २०७९
आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ ।
देशैभरका प्याराग्लाइडिङ उडानमा रोक
सोमबार, असोज ३१, २०७९
प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत
सोमबार, असोज ३१, २०७९
संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा
सोमबार, असोज ३१, २०७९
हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ ।
१५ स्वर्ण सहित सेना शीर्षस्थानमा
आइतबार, असोज ३०, २०७९
हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।
सताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दुखः व्यक्त
आइतबार, असोज ३०, २०७९
राष्ट्रपति भण्डारीले आज एक ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिने
आइतबार, असोज ३०, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।
शताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्
आइतबार, असोज ३०, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको हो।
७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु
शनिबार, असोज २९, २०७९
गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
पोखरामा नवौँ राष्ट्रिय खेलकुदको भब्य उद्घाटन
शुक्रबार, असोज २८, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो।


