यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा, १४ सवारी साधन नियन्त्रणमा
मंगलबार, असोज ११, २०७९
अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित
मंगलबार, असोज ११, २०७९
अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।
नेपालमा अमेरिका र चीनबीच कुटनीतिक वार, चीनको झुठो प्रचारको प्रतिवाद गर्न भन्दै अमेरिकी अधिकारी भोली नेपाल आउँदै
मंगलबार, असोज ११, २०७९
अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ। नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन्।
कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु
मंगलबार, असोज ११, २०७९
कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।
मनास्लु हिमपहिरोमा एक जनाको मृत्यु, १० को सकुशल उद्धार
मंगलबार, असोज ११, २०७९
उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी
मंगलबार, असोज ११, २०७९
नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।
सिट बाँडफाँडको सकस, सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्ने
मंगलबार, असोज ११, २०७९
कार्यदललाई कुन दलले कुन(कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको उपासना गरि मनाईदै
मंगलबार, असोज ११, २०७९
ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो ।
आचारसंहिता व्यवहारिक बनाउन नेताहरूको आग्रह, ‘मन्त्रीलाई प्रचारमा रोक नलगाऊ’
सोमबार, असोज १०, २०७९
राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
आजदेखि बडादसैँ सुरू, घटस्थापनाको साइत कति बजे?
सोमबार, असोज १०, २०७९
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ।
मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु-सन्दीप लामिछाने
सोमबार, असोज १०, २०७९
नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन् ।
इङ्ल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा पाकिस्तान ३ रनले विजयी
सोमबार, असोज १०, २०७९
इङ्ल्यान्डसँगको चाैथाे टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गए राति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो ।
अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जित्यो
सोमबार, असोज १०, २०७९
घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो ।


