Public Pana
दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह
दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ  ।
विजया दशमी आज,  टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा
विजया दशमी आज, टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ ।
किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता
किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।
हजुरबुवाको स्मृतिमा दाङका व्यापारी पाण्डेले बनाए १६ लाख खर्चेर उद्यन पार्क
हजुरबुवाको स्मृतिमा दाङका व्यापारी पाण्डेले बनाए १६ लाख खर्चेर उद्यन पार्क स्वर्गीय हजुरबुवा टंकेश्वर पाण्डेको स्मृति तथा बुवा शिव प्रसाद पाण्डे र आमा जानका पाण्डेको सम्मानमामा पार्कको निर्माण गरेको पाण्डेले बताए । उनले  बुवाको नामबाट पार्कको नाम शिव पार्क नामाकरण गराएका छन् । रियल स्टेट व्यापारमा लागेर दाङको उदयीमान व्यापारीका रुपमा चर्चित पाण्डेले समाजिक सेवामा आफ्नो पनि योगदान होस भन्ने हेतुले...
दशैमा समेत सडक मर्मत भएन, यात्रुहरुलाई चरम सास्ती
दशैमा समेत सडक मर्मत भएन, यात्रुहरुलाई चरम सास्ती मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ । सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ । 
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।  
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण ः सभामुख
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण ः सभामुख दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । 
नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना
नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा पनि भक्तजनको बिहानैदेखि भीड बढेको छ ।  
दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका
दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरुबाट र जिल्ला सदरमुकामहरुबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् ।
राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ
राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट गरिएको बढाइँको राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित विशिष्ट महानुभावहरुले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो । 
गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो
गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । 
सार्वजनिक जग्गा मिच्नेको संख्या धेरै बढ्यो ः काठमाण्डौ महानगरपालिका
सार्वजनिक जग्गा मिच्नेको संख्या धेरै बढ्यो ः काठमाण्डौ महानगरपालिका कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन  सुरु गरेको हो । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो, “ कुनै न कुनैरुपमा सार्वजनिक जग्गा प्रयोग गर्ने सङ्ख्या बढी पाइएको छ...
Weather Update