सत्ता गठबन्धनको बैठक सुरु, भागबण्डाबारे छलफल हुँदै
सोमबार, पुस ११, २०७९
लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट
आइतबार, पुस १०, २०७९
बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ ।
अवैद्य रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने
आइतबार, पुस १०, २०७९
आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने प्राधिकरणले जानाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ ।
नेपाल टी–२०ः लुम्बिनीको लगातार दोस्रो जित
आइतबार, पुस १०, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० मा आइतबार लुम्बिनीले जित हासिल गरेको छ । लुम्बिनीको यो लगातार दोस्रो जित हो ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका विषयमा लोसपा अनिर्णित
आइतबार, पुस १०, २०७९
लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त
आइतबार, पुस १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।
क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन
आइतबार, पुस १०, २०७९
सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका छाउराहरूको संख्यामा उल्लेख्य गिरावट आएको उल्लेख गरेको छ । जलवायु परिवर्तनले भालुको संख्यामा गिरावट अएको सर्वेक्षणमा उल्लेख छ ।
प्रचण्ड - ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?
आइतबार, पुस १०, २०७९
आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।
आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी
आइतबार, पुस १०, २०७९
तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो ।
प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई
आइतबार, पुस १०, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन् ।
कांग्रेससहित ३ दल सरकार बाहिर
आइतबार, पुस १०, २०७९
आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन् ।
प्रचण्डलाई थप तीन सांसदको समर्थन
आइतबार, पुस १०, २०७९
प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो ।
प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी पेस गरे (फोटो फिचर)
आइतबार, पुस १०, २०७९
एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।


